काठमाडौं- पियोर इनर्जी लिमिटेडको आइपीओमा मागभन्दा १४.६६ गुणा बढी आवेदन परेको छ । जसमा १ अर्ब ७५ करोड ३१ लाख ६० हजार रुपैंया बराबरको आवेदन परेको छ ।
सीडीएस एन्ड क्लियरिङका अनुसार यसमा आज चैत ३१ गते साँझसम्ममा १४ लाख ८३ हजार ६३५ जना आवेदकले १ करोड ७५ लाख ३१ हजार ६०० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९५ हजार २०० कित्ता शेयर सार्वजनिक निष्काशन गरेको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको शेयर बाँडफाँट भइसकेको छ।
यसमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन बैशाख २ गतेसम्म खुला रहनेछ भने आवश्यकता अनुसार बैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ।
पियोर इनर्जी लिमिटेडले १०–१० मेगावाट क्षमताका दुईवटा सौर्य ऊर्जा आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताहरूले सि९आस्बा प्रणाली मार्फत मेरो शेयर तथा बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया