नेको इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड सम्पन्न

सोमबार, ०१ बैशाख २०८२, ११ : ५१

काठमाडौं- नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको हकप्रद सेयर बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको १ः०.२५ अनुपातको हकप्रद सेयरमध्ये ४८ लाख ५ हजार ६४०.२० कित्ता सेयर रितपूर्वक आवेदन दिने सेयरधनीहरूलाई चैत ३१ गते बाँडफाँड गरेको हो।

कम्पनीले माघ १७ गतेसम्म कायम साविकका सेयरधनीका लागि हालको चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँको आधारमा ५० लाख ३० हजार ९०१।५५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। तर, बाँडफाँडपछि २ लाख २५ हजार २६१।३५ कित्ता सेयर अवितरित रहेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

हकभन्दा बढी सेयरका लागि दरखास्त दिएका तर बाँडफाँडमा नपरेका लगानीकर्ताहरूको रकम वैशाख ३ गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जनाएको छ।
 

सोमबार, ०१ बैशाख २०८२, ११ : ५१

प्रतिक्रिया