काठमाडौं- कारोबारको तेस्रो दिन सेयर बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।आज २१२ कम्पनीको सेयर मूल्य बढ्दा ३४ कम्पनीको मात्रै सेयर मूल्य घटेको हो ।
आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि १० प्रतिशतकै दरले कमाएका छन् । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया