पियोर इनर्जीको आइपीओमा १९ लाखको आवेदन

बुधबार, ०३ बैशाख २०८२, ११ : २४

काठमाडौं- पियोर इनर्जी लिमिटेडले निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता साधारण सेयर (आइपीओ) मा १९ लाख ३६ हजार ५३ जनाले आवेदन दिएका छन् ।

ती आवेदकबाट दुई करोड २७ लाख ४२ हजार ६५० कित्ता सेयर माग भएको छ । त्यसबापत कम्पनीले दुई अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ संकलन गरेको छ ।

आइपीओमा जारी गरिएको सेयरभन्दा १९.०२ गुणा बढी आवेदन परेको छ । माग भन्दा धेरै आवेदन परेपछि पियोर इनर्जीको आइपीओ गोलाप्रथा विधिबाट बाँडफाँड हुने निश्चित भएको छ ।

पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म ११ लाख ९५ हजार २०० कित्ता आइपीओ जारी गरेको थियो । जसको बिक्री नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको हो ।

बुधबार, ०३ बैशाख २०८२, ११ : २४

प्रतिक्रिया