काठमाडौं–कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ । गए राति आफ्नै निवासमा उनीमाथि गोली प्रहार भएको हो ।
गए राति साढे ११ बजे आसपास शौचालय गएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको जनाइएको छ । प्रहरीका अनुसार उनीमाथि उनको घरको कम्पाउन्डबाहिरबाट गोली प्रहार भएको थियो ।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया