गृहमन्त्री लेखक भन्छन्- व्यवस्थामाथि प्रहार गर्ने काम क्षम्य हुँदैन

शुक्रबार, ०५ बैशाख २०८२, ११ : ०५

काठमाडौं – गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन् । शुक्रबार पोखरामा प्रादेशिक आपतकालीन गोदामघरर हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

अहिलेको संविधान र व्यवस्थाको सुरक्षा प्रमुख जिम्मेवारी भएको उनको भनाइ छ । पूर्वराजाका नाममा वा कुनै समूहका नाममा संविधानमा, व्यवस्थामा प्रहार गर्ने कुरा कुनै पनि हालतमा क्षम्य नहुने उनले बताए ।

ठूलो बलिदानबाट यो संविधान र व्यवस्था बनेको गृहमन्त्री लेखकको भनाइ थियो ।

 
 
शुक्रबार, ०५ बैशाख २०८२, ११ : ०५

प्रतिक्रिया