विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न

आइतबार, ०७ बैशाख २०८२, १० : ५७

काठमाडौं- विन नेपाल लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) आज आइतबार बाँडफाँड गरेको छ। धितोपत्र बिक्री प्रबन्ध नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८बजे एफपीओ बाँडफाँड गरिएको हो।

विन नेपाल लघुवित्तले गत चैत २१ गतेदेखि चैत २६ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। संस्थाले १०० रुपैयाँ अंकितदरका कुल ५१ हजार २९२।५ कित्ता सेयर जारी गरेको थियो।

धितोपत्र बिक्री प्रबन्ध नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार १९ लाख २३ हजार ४९० जनाले २ करोड २१ लाख ७६ हजार ८४० कित्ता खरिदका लागि आवेदन दिएका थिए। तीमध्ये १९ लाख २० हजार ९३९ जनाबाट परेको २ करोड २१ लाख ४३ हजार ४८० कित्ता सेयर खरिद आवेदन सदर भएको छ।

मागभन्दा बढी आवेदक परेकाले एफपीओ गोलाप्रथाबाट बाँडफाँड भएको छ । जसमा भाग्यमानी ५ हजाुर १२९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये १९ लाख १५ हजार ८१० आवेदकको हात खाली भएको छ।

यो एफपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक तथा धितोपत्र निष्कासन गर्ने कम्पनीको वेबसाइट तथा सीडीएससीको मेरो सेयर iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।

आइतबार, ०७ बैशाख २०८२, १० : ५७

प्रतिक्रिया