काठमाडौं - अमेरिकी प्राध्यापक ग्यारी ब्रुटोन समाजवादी अर्थतन्त्र र उद्यमशीलताको क्षेत्रमा अध्ययन तथा अनुसन्धानमा संलग्न वरिष्ठ व्यक्तित्व हुन् । उनी नेपालमा नेकपाले सुरु गरेको सामूहिक खेती प्रणालीको बारेमा अनुसन्धान गर्न आएका छन् । यसले समाजवादी उद्यमशीलतामा कस्तो प्रभाव पारेको छ भन्ने उनको अध्ययनको विषय रहेको ग्यारीले बताएका छन् ।
यसै सन्दर्भमा आज मंगलबार उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द(विप्लव) सित उनको निवास हरिसिद्धिमा भेटवार्ता गरेका छन् । सो अवसरमा पार्टीले सञ्चालन गरेको उत्पादन प्रणालीको बारेमा छलफल भयो । महासचिव विप्लवले अहिले पार्टी कार्यकर्ता र नेतृत्व आर्थिक रुपमा आत्मनिर्भर भएको बताए । चन्दा मागेर जनतालाई आजित बनाउने परम्परालाई आफूले तोड्न सकेको उनको भनाइ थियो । यो अभियान सुरु गरेको डेढ वर्ष मात्रै पुगेको र यसलाई देशव्यापी बनाउने योजना रहेको उनले बताए । यदि जनताले आफ्नो पार्टीलाई विश्वास गरेमा केही वर्षभित्रै देशको मुहार फेर्ने हिम्मत र योजना आफूसँग भएको उनले लामो व्याख्या गरे ।
प्रोफेसर ग्यारीको एक जिज्ञासामा उनको भनाइ थियो, ‘हामी माक्र्स र माओको आर्थिक सिद्धान्तबाट प्रभावित त छौं । जसको कारणले हामी युद्धमा पनि गयौं । तर ती सिद्धान्तहरुलाई जस्ताकातस्तै यहाँ लागु गर्ने पक्षमा छैनौं । हामी नेपाली विशेषताको आर्थिक प्रणाली र समाजवादको अभ्यास गर्न चाहन्छौं ।
प्रतिक्रिया