प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह

मंगलबार, ०९ बैशाख २०८२, १३ : १२

काठमाडौं- काठमाडौं महानगरपालिकाले खुला स्थानमा प्लाष्टिकजन्य फोहोर नबाल्न आग्रह गरेको छ।

प्लास्टिकजन्य फोहोरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।महानगरको वातावरण व्यवस्थापन विभागले प्रद्रषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास  र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने हुँदा फोहर नबाल्न भनेको छ ।

विभागका प्रमुख सरीता राईले महानगरबाट फोहर संकलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहोर विसर्जन गर्न महानगरवासीलाई अनुरोध गरेकी छिन्। उद्योग कलकारखानालाई  ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरेकी छिन् । 

मंगलबार, ०९ बैशाख २०८२, १३ : १२

प्रतिक्रिया