नेप्सेमा ९.९६ अंकको गिरावट, कुन कम्पनीको कति भयो कारोबार ?

मंगलबार, ०९ बैशाख २०८२, १५ : २६

काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ९.९६ अंकले घटेको छ । यसदिन परिसूचक २६८८.३२ को विन्दुमा कायम भएको छ ।

यस दिन ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता सेयर किनबेच ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

nepse

यस दिन बजारमा गिरावट आउँदा नौ उपसूचक राताम्मै भएको छ । उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ । सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

top
यस दिनसबैभन्दा धरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस दिन  यस कम्पनीको ४४ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन पावर पाटर्नरको ४० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार, ०९ बैशाख २०८२, १५ : २६

प्रतिक्रिया