भारतीय उर्जामन्त्री खट्टरले गरे अरुण तेस्रो जलविद्युत् आयोजनाको भ्रमण

मंगलबार, ०९ बैशाख २०८२, १५ : ३४

काठमाडौं- नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा तथा आवास मामिला मन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन भ्रमण गरेका छन् । मंगलबार बिहान काठमाडौं आइपुगेका मन्त्री खट्टर र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संयुक्त रूपमा आयोजनाको भ्रमण गरेका हुन् ।

भारतको एसजेभीएन (यसअघि सत्लज जल विद्युत निगम) ले अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । यसको क्षमता ९ सय मेगावाट रहेको छ ।

भ्रमणका क्रममा मन्त्री खट्टर र मन्त्री खड्काले आयोजनाको प्रगतिबारे समीक्षा गरेका थिए । त्यस्तै, आयोजनासम्बन्धी अवरोधहरूको समाधान गर्ने उपायका बारेमा पनि छलफल भएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।
 

मंगलबार, ०९ बैशाख २०८२, १५ : ३४

प्रतिक्रिया