काठमाडौं–नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर वैशाख २७ देखि ३० गतेसम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुने युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जानकारी दिए । उनका अनुसार लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्घाटन ललितपुरको होटल हिमालयमा भोलि शनिबार हुनेछ भने समापन मुस्ताङमा पुगेर हुनेछ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कार्यक्रमको समुदघाटन हुने समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा.आरज राणा देउवालगायत विभिन्न देशका पत्रकारहरुबाट सम्बोधन हुने युनियनका अध्यक्ष लम्सालले जानकारी दिए ।
प्रतिक्रिया