गभर्नर नियुक्तिसम्बन्धी रिट र निवेदन तेस्रो दिन पनि हेर्न नभ्याइनेमा

मंगलबार, ०९ बैशाख २०८२, १५ : ३७

काठमाडौं- गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको सर्वोच्चमा दायर पूरक निवेदन तेस्रो दिन पनि हेर्न  नभ्याइनेमा राखिएको छ ।  

अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले दायर गरेको रिटको पेसी न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा आज पनि  हेर्न नभ्याइनेमा परेको हो ।  रिट तथा निवेदनमाथि १७ औं नम्बरमा तोकिएको थियो । 

सोमबार उक्त निवेदनको पेसी १३ औं र आइतबार  ४० औं नम्बरमा तोकिएको थियो ।

मंगलबार, ०९ बैशाख २०८२, १५ : ३७

प्रतिक्रिया