काठमाडौं- ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीमाथिको जारी ‘नजरबन्द’ हटेको छ । चैत १५ मा तीनकुनेमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै सुवेदी घरमै नजरबन्दमा परेका थिए ।
उनले आज(मंगलबार) देखि आफूमाथिको प्रहरी निगरानी हटेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । साथै उनले संयुक्त जनआन्दोलन समितिको काममा फर्किएको समेत विज्ञप्तिमा जनाएका छन्।
प्रतिक्रिया