काठमाडौं– गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्था विरोधी अराजक गतिविधि गर्नेलाई संविधान र कानुन अनुसार कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
प्रतिनिधिसभाको बिहिबार बसेको बैठकमा गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनबारे जानकारी गराउँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । घटनाका क्रममा संविधान र व्यवस्था विरोधी गतिविधि गर्ने निजि र सरकारी सम्पत्तिमा क्षति पुर्याउनेहरूलाई पक्राउ गरी अधिकारप्राप्त निकायले अनुसन्धान गरिरहेको जानकारी दिए ।
उनले तीनकुनेको घटना संविधान र व्यवस्था विरुद्धमा रहेको ठहर सरकारले गरेको बताए । उनले वर्तमान सरकारलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध हुने कुनै पनि गतिविधि सैय नहुने बताए ।
प्रतिक्रिया