शिक्षक आन्दोलन भोलिदेखि बिहान १० देखि २ बजेसम्म हुने

मंगलबार, ०९ बैशाख २०८२, १६ : ५०

काठमाडौं- नेपाल शिक्षक महासंघको जारी आन्दोलन भोलि वैशाख १० गते बुधबारदेखि बिहान १० देखि २ बजेसम्म हुने भएको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन भोलिदेखि बिहान १० देखि २ बजेसम्म तय गरिएको जानकारी दिएका हुन् । 

‘२०८२ बैशाख १० गतेबाट  आन्दोलनको समय बिहान ११ः०० बजे देखि दिउसो  २ः०० बजेसम्म हुने कुरा जानकारी गराइन्छ’, उनले मंगलबार फेसबुकमार्फत जारी गरेको सूचनामा उल्लेख छ । पछिल्लो दिनमा आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म भइरहेको थियो ।

महासंघले विद्यालय शिक्षा ऐन माग गर्दै २१ दिनदेखि राजधानीमा आन्दोलन गर्दै आएको छ । 

मंगलबार, ०९ बैशाख २०८२, १६ : ५०

प्रतिक्रिया