प्रमुख दलका सचेतकलाई सभामुखले बोलाए छलफलमा

बुधबार, १० बैशाख २०८२, १० : १७

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । 

आसन्न बजेट अधिवेशन तयारी, संसद् बैठकको कार्यतालिका लगायतका विषयमा छलफल गर्न प्रमुख सचेतकहरूलाई छलफलका लागि बुधबार ११ बजे सिंहदरबारमा बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १२ देखि सुरु हुने गरी बजेट अधिवेशन आह्वान गरिसकेका छन् । 

 
 
 
बुधबार, १० बैशाख २०८२, १० : १७

प्रतिक्रिया