गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा

बुधबार, १० बैशाख २०८२, ११ : ०८

काठमाडौं- गभर्नर विवादसम्बन्धी रिट र रिटमाथि परेको पूरक निवेदन न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

६५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई पनि गभर्नर नियुक्त गर्न मिल्नेगरी संशोधित अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकाय पदाधिकारी तथा सदस्यको नियुक्ति मापदण्डविरुद्धको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको सर्वोच्चमा पूरक निवेदन परेको थियो। 

आइतबारयता निरन्तर तीन दिन गभर्नर विवादसम्बन्धी रिट र निवेदनको पेसी तोकिने तर हेर्न नभ्याइनेमा परेको थियो । आज इजलासको एघारौं नम्बरमा उक्त रिट र निवेदनमाथि पेसी तोकिएको छ ।

बुधबार, १० बैशाख २०८२, ११ : ०८

प्रतिक्रिया