समुन्द्रमुनि गएर प्रेम प्रस्ताव ...

४ बर्ष अगाडि

एजेन्सी– युवायुवतीले विभिन्न शैली अपनाएर एका अर्कालाई प्रेम प्रस्ताव राख्छन् । अनौठा स्थानमा गएर प्रेम प्रस्ताव राख्ने मानिसहरुको बेला बेला चर्चा हुने गर्छ । यति बेला यसरी नै अनौठो स्थानमा गएर आफ्नी प्रेमिकालाई प्रेम प्रस्ताव राखेका एक प्रेमीबारे चर्चा चलेको छ ।

आफ्नी प्रेमिकालाई नौलो शैली अपनाएर प्रेम प्रस्ताव गर्ने ती व्यक्तिको नाम ट्राभिस ग्रेनियर हो । अमेरिकाको लरेन्सभिलमा बस्ने २६ वर्षीय ग्रेनियरले आफ्नी प्रेमिका केना सेट्सलाई फरक शैलीमा प्रस्ताव राखेका हुन् । सन् २०१५ मा एउटा महोत्सवमा यो दुबै जोडीको भेट भएको थियो ।

चार वर्षसम्म केनको प्रेममा परेका ग्रेनियरले अन्तत स् क्यारिबियन सागरमुनि २० फिट तल गएर प्रस्ताव राख्ने निधो गरेका थिए । यसका लागि उनले केनासँगै डोमिनिकन रिपब्लिक धुम्न जाने योजना बताए । त्यहाँ जानुपूर्व नै केनालाई थाहा नदिई एउटा डुङ्गा भाडामा लिएका थिए । उनले आफूसँग भएको क्यामेरा समेत तयारी अवस्थामा राखेका थिए ।

केनालाई सागर निकै मन पर्ने कुरा ग्रेनियरलाई राम्रोसँग थाहा थियो । त्यही भएर पानीमुनि गएर आफ्नो प्रस्ताव राख्ने निधो गरेका थिए । ग्रेनियरले समुन्द्रमा घुम्न जाने भनेपछि केना पनि  निकै खुशी भएकी थिइन् । ‘ट्रेभियरको प्रेम प्रस्तावलाई मैले कहिल्यै भुल्दिनँ किनभने उनले यसरी प्रस्ताव राख्छन् भनेर मैले सपनामा पनि सोचेकी थिइन्’, केनाले भनिन् ।

ग्रेनियरले केनालाई यसरी प्रेम प्रस्ताव राखेका थिए

सबैभन्दा पहिला डुङ्गासँगै जोडिएको अक्सिजन पाइप लिएर दुबै जना क्यारेबियन सागरमुनि गएका थिए । यसले गर्दा उनीहरुलाई अक्सिजनको ट्याङ्क बोक्ने झण्झट परेन । केना पहिलो पटक यसरी समुन्द्रमुनि जाँदा निकै अनौठो मानिरहेकी थिइन । तर ग्रेनियर भने प्रेम प्रस्ताव गर्ने बेलामा दिने भनेर ल्याएको सुनको औंठी हराउँछ कि भनेर डर मानिरहेका थिए । तर, मानिमुनि गएर प्रेम राख्ने उनको सपना पूरा भयो ।

पानीमुनि गइसकेपछि केना उभिएकी थिइन् । त्यही बेल ग्रेनियरले सुनको औंठी राखेको सानो बक्स केनालाई दिएका थिए । पानीमुनि अचानक बक्स दिँदा केना निकै अचम्मित भएकी थिइन् र उनले तत्कालै त्यो बक्स खोलिन् । ‘मैले त्यो बक्स खोलेँ र यसभित्र मैले कल्पना नै नगरेको कुरा थियो, म खुसीले चिच्याएँ, त्यो क्षण विशेष क्षण थियो’, केनाले भनिन्, ‘हामी दुबै जनाले मास्क लगाएरै चुम्बन गर्‍यौं ।’

‘केना खास व्यक्ति हुन् र उनलाई खास तरिकाले नै प्रेम प्रस्ताव राख्नु पर्ने थियो’, आफ्नो जीवनमा निकै महत्व राख्ने उक्त क्षण सम्झदैँ ग्रेनियर भन्छन् , ‘मैले दिएको औंठी देखेर खुशीले चिच्याइन् अनि मेरो प्रेम प्रस्ताव स्विकारिन् ।’

पानिमुनिबाट निस्केको क्षण समेत विशेष भएको केना र ट्राभिसले बताए । बाहिर बसेका उनीहरुका साथीहरु समेत खुसीले कराइरहेका थिए ।  ‘समुन्द्रको किनारामा उक्त रात हामीले रमाइलो गर्‍यौं, त्यो रात हामीले निकै स्याम्पेन पियौं र सबैले हामीसँगै रमाइलो गरिरहेका थिए । त्यो दिन मेरा लागि विशेष दिन थियो’, केनाले भनिन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया