काठमाडौं- पियोर इनर्जी लिमिटेडको आईपीओ भोलि बिहीबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले बिहीबार बिहान ८ः३० बजे आईपीओ बाँडफाँड गर्न लागेको हो।
पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
आईपीओमा मागभन्दा १९.२८ गुणा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड हुनेछ । यसमा १९ लाख ३६ हजार ५३ जनाले कुल २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख १९ हजार ५२० जनाले १० कित्ताको दरले सेयर पाउनेछन् ।
यो कम्पनीले क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालबाट केयर एनपी डबल बी इस्यूअर रेटिङ पाएको छ ।
प्रतिक्रिया