काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३२.३८ अंकले घटेको छ । यस दिन नेप्से २६५५.९४ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ ।कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
यस दिन सबैभन्दा धेरै राधी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ५८ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ५१ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४१ करोड ९लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया