प्रधानमन्त्री ओलीको निर्णय

उर्जा राज्यमन्त्री तामाङ बर्खास्त, रघुजी पन्त शिक्षा मन्त्री नियुक्त

बुधबार, १० बैशाख २०८२, १७ : ४९

काठमाडौं- ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई प्रधानमन्त्री केपी ओलीले बर्खास्त गरेका छन्। सरकार विरोधी गतिविधि गरेको निष्कर्षसहित प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उनलाई बर्खास्त गरेका हुन् ।

यस्तै, नेकपा एमालेबाट रघुजी पन्त शिक्षामन्त्री भएका छन्। प्रधानमन्त्री ओलीले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । उनको शपथ बिहीबार हुने बताइएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै ओलीले पन्तलाई नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

बुधबार, १० बैशाख २०८२, १७ : ४९

प्रतिक्रिया