टहरा भत्काएर सडक विस्तार

विहीबार, ११ बैशाख २०८२, १२ : ०२

काठमाडौं- मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले आफैं घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन् ।

दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्ना घरहआँगनका संरचना भत्काएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । 

यसअघि ३.५ मिटर फराकिलो सडकको दायाँबायाँका संरचना हटाएर ५.५ मिटर फराकिलो बनाइएको उनले जानकारी दिए । हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुुङ्गे पुलतर्फ सडकका दुवै किनारमा  ४०० मिटर लामो पानी निकासका निम्ति नाली निर्माण भएको छ । 

मालिका गाउँपालिकाले रु ४७ लाख ५३ हजार अनुदान उपलब्ध गराएको योजना कार्यान्वयनका लागि उपभोक्ताले रु पाँच लाख ४१ हजार आठ सय ३३ श्रमदान गरेका थिए । -रासस

विहीबार, ११ बैशाख २०८२, १२ : ०२

प्रतिक्रिया