नेप्सेमा २.०८ अंकको वृद्धि, कुन कम्पनीको कति भयो कारोबार ?

विहीबार, ११ बैशाख २०८२, १५ : २३

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ को विन्दुमा कायम भएको छ ।

यस दिन ३०८ कम्पनीको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन चार उपसूचकमा हरियाली छाएको यस दिन सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.२० प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले पनि ७ प्रतिशतका दरले कमाएका छन् ।

Capture.JPG11-5

सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ७० करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५७ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ५२ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

विहीबार, ११ बैशाख २०८२, १५ : २३

प्रतिक्रिया