यसरी माया गर्नेको याद मेटाउन सकिएला ?

४ बर्ष अगाडि

काठमाडौं – मायाको परिभाषाले दुनियाँका प्रेमि–प्रेमिकालाई  समेट्न सकेको भए विछोड शायद हुने नै थिएन । 

माया प्रेममा परेका हरेकका आफ्नै भोगाई हुन्छन् । त्यही भोगाइको जगमा उभिएर हरेकले आफ्नै प्रेमका परिभाषा बनाइदिन्छन् । मनले मनको अस्तित्वलाई स्वीकार गरेपछि हुने पे्रमलाई धनले किन्न सक्नेभए आज दुनियाँकै धनाढ्यको सम्बन्ध बिच्छेदका समाचार छापिने थिएनन् ।

कसैसँग पे्रम सम्बन्ध भएपछि मनमुटाव हुन थाल्छ । विश्वासको जगमा उभिएको प्रेममा अविश्वास, शंका र विश्वास घातले राज गरेपछि जुनिकाट्ने भनि जोडिएका सम्बन्धहरु क्षणभरमै टुक्रिन्छन् । 

‘के म तिम्रो होईन र ?’ फेसबुक ग्रुपमा भेटिएको यो तस्विर मा एउटा पे्रमिले औंठा छाप लगाएर निष्ठुरी पे्रमिकालाइलाई कहिल्यै नसम्झिने घोषणा गरिएको छ । यसरी एउटा कागजमा आफै लखेर औंठा छाप लगाएर हस्ताक्षर गरेर माया गर्ने मान्छेको याद, मेटिएला त ? मन बाट माया गर्नेको याद यति सजिलै मेट्न सकिने भए माया लाउँदा यति संघर्ष र गुमाउँदा असैह्य पीडा हुनेनै थिएन ।

४ बर्ष अगाडि

प्रतिक्रिया