काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत सीमामा देखिने समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । तराई–मधेस जागरण अभियानअन्तर्गत बुधबार बेलौरी पुगेका प्रचण्डले नगरप्रमुख पोतिलाल चौधरीले बुझाएका ज्ञापनपत्र बुझ्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘यस नगरपालिकामा म यसअघि पनि विभिन्न कार्यक्रमका अवसरमा आएको छु। यहाँका समस्याहरू बारे म जानकार छु। नेपाल–भारत सीमामा देखिने समस्या, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि म विपक्षी दलको नेताको हैसियतमा गर्न सकिने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु’, उनले भने ।
कार्यक्रमको क्रममा बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले अध्यक्ष प्रचण्ड समक्ष नगरका समस्या र आवश्यकताहरू समेटिएको ज्ञापनपत्र पेस गरेका थिए ।
प्रतिक्रिया