काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको थानकोट शाखाले मृत्यु दाबी रकम रु १० लाख १४ हजार भुक्तानी गरेको छ ।
चन्द्रागिरी निवासी स्वर्गीय मोहन साउकोटा सुनारको परिवारलाइ मृत्यु दाबी रकम भुक्तानी गरेको हो।
स्वर्गीय सुनारले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स थानकोट शाखाबाट ९ महिना अगाडि रिलायबल समुन्नति जिवन बीमा योजना थानकोट शाखाकी अभिकर्ता सलिना बिकमार्फत खरिद गरेका थिए। उनले पहिलो किस्ता बापत रु १ लाख बीमा शुल्क कम्पनीमा बुझाएका थिए।
तामा पितलको भाडा निर्माण गर्ने सुनारको स्वास्थमा समस्या आउँदा उपचारक्रममा निधन भएको थियो।
कार्यक्रममा चन्द्रागिरि वडा न ५ का वडा अध्यक्ष राजेन्द्र महर्जन, कम्पनी का चिफ मेनेजर युवराज शर्मा, काठमाडौंका रिजनल मेनेजर याम पोखरेल, थानकोट शाखा प्रमुख अर्जुन खनाल, चन्द्रागिरि नगरपालिका न्यायिक समितिकि मेलमिलापकर्ता तथा एमडीआरटी सुमित्रा महर्जनलागायत करोडपति एजेन्सी मेनेजर सर्मिला बेल्बासे , अन्य अभिकर्ता र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिक्रिया