नेको इन्स्योरेन्सको वार्षिक साधारणसभा जेठ ९ गते बस्ने

शुक्रबार, १९ बैशाख २०८२, ११ : २२

काठमाडौं- नेको इन्स्योरेन्सले आफ्नो २९ औं वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा आउँदो जेठ ९ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश छन्।

सभाले प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने र त्यसका लागि नियमनकारी निकायबाट प्राप्त सुझाव वा निर्देशनलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। बोनस सेयर वितरणपछि सोहीबमोजिम जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने अर्को विशेषा प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। वैशाख ३० गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

शुक्रबार, १९ बैशाख २०८२, ११ : २२

प्रतिक्रिया