स्टक एक्सचेन्ज पुनः संरचना गरी पुँजीबजारको क्षमता वृद्धि गर्ने घोषणा

शुक्रबार, १९ बैशाख २०८२, १६ : ५४

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनः संरचना गरी पुँजीबजारको क्षमता तथा पारदर्शिता वृद्धि गर्ने घोषणा गरेका छन् । 

शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले धितोपत्र बोर्डको पनि सुदृढीकरण गरिने बताए । 

सरकारले व्यापार सम्झौता विस्तार,वैकल्पिक वित्त र वस्तु विनिमय सम्बन्धी कानुन निर्माण गर्ने पनि घोषणा गरेको छ । 

राष्ट्रपति पौडेलले भने, ‘व्यापार सम्झौता विस्तार,वैकल्पिक वित्त र वस्तु विनिमय सम्बन्धी कानुन निर्माण गरिने छ । नवीन वित्तीय उपकरण मार्फत सम्भावना भएका सार्वजनिक पूर्वाधारमा निजी पुँजी आकर्षित गरिने छ । धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनः संरचना गरी पुँजी बजारको क्षमता तथा पारदर्शिता वृद्धि गरिनेछ ।’

शुक्रबार, १९ बैशाख २०८२, १६ : ५४

प्रतिक्रिया