नेपाल विद्युत् प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गर्दै

शुक्रबार, १९ बैशाख २०८२, १२ : ३७

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज श्वेतपत्र जारी गर्ने भएको छ ।

रत्नपार्कस्थित प्राधिकरणको हलमा शुक्रवार दिउँसो २ बजे श्वेतपत्र जारी गर्ने लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान कार्यकालमा भएका कामकारबाही र प्राधिकरणको वर्तमान आर्थिक अवस्था र भावी योजना सहितको श्वेतपत्र जारी गर्न लागेका हुन् ।

आइतबार नै जारी गर्न सञ्चालक समितिबाट श्वेतपत्र स्वीकृत भए पनि ऊर्जा मन्त्री दीपक खड्काको निर्देशनमा रोकिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए/गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गर्न लागेको हो । 
 

शुक्रबार, १९ बैशाख २०८२, १२ : ३७

प्रतिक्रिया