काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले हालै भएको कश्मीर घटनाको विश्वसनीय, पारदर्शी र निष्पक्ष अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान गरेका छन् ।
प्रधानमन्त्री कार्यालयको एक विज्ञप्तिअनुसार पाकिस्तानका लागि संयुक्त अरब इमिरेट्सका राजदुत हमाद ओबैद इब्राहिम सलेम अल–जबीसँग शुक्रबार भएको भेटमा सरीफले सो कुरा स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्री शरीफले भारतले कुनै प्रमाण बिना पाकिस्तानलाई घटनासँग जोड्ने प्रयास गरेको भन्दै आरोपलाई अस्वीकार समेत गरे । उक्त घटनामा पाकिस्तानको घटनामा कुनै भूमिका नरहेको समेत बताए । -एजेन्सी
प्रतिक्रिया