काठमाडौं- विकास हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो।
प्रति सेयर रु १०० अंकित दरमा निष्कासन हुने उक्त आईपीओको स्वीकृति बोर्डले फागुन १५ गते दिएको हो।
आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ।
प्रतिक्रिया