बिहीबारदेखि पठनपाठन हुने वातावरण बन्छः सत्ता गठबन्धन

बुधबार, १७ बैशाख २०८२, १३ : २६

काठमाडौं- सत्ता गठबन्धन दलले काठमाडौंमा जारी शिक्षक आन्दोलन स्थगित हुने विश्वास लिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले बिहीबारदेखि पठन पाठन हुनेगरी वातावरण निर्माण गर्ने निर्णय भएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

‘भोलिदेखि सहज ढंगले पठन पाठन हुने वातावरण निर्माण गर्ने सहमति भएको छ । शिक्षकहरूले माग गर्दै आएका ऐन बनाऊ विधेयक एउटा पक्रियामा भएकाले केहि ढिलाइ भएको हो । मलाई विश्वास छ, शिक्षकहरूले आन्दोलन स्थगित गरी पठनपाठन हुने विश्वास लिएका छौँ’, उनले भने ।

बुधबार, १७ बैशाख २०८२, १३ : २६

प्रतिक्रिया