काठमाडौं- एनआइएमबी स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ टे«ड म्यानेजमेन्ट सिस्टम (टिएमएस) वैशाख १४ देखि औपचारिक रुपमा संचालनमा ल्याएको छ । सेयर कारोबारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताहरुको लागि उपलब्ध छ ।
नयाँ टिएमएसको सुरुवातसँगै एनआइएमबि स्टक मार्केट्स लिमिटेडले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ । यस प्रणाली मार्फत लगानीकर्ताहरुले अनलाइनमार्फत सेयर खरिद÷बिक्रीगर्दा वास्तविक समयमा अर्डर राख्न सकिनेछ । साथै Real-time order placement and portfolio tracking सुविधा तथा मोबाइल उपकरणहरुमा पनि सजिलो पहुँच रहेको छ ।
एनआइएमबी स्टक मार्केट्स लिमिटेड नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोवारको सेवा प्रदान गर्दै आएको छ । ग्राहक केन्द्रित सेवा र प्रविधिको सशक्त प्रयोग मार्फत नेपालको पूँजीबजारको विकासमा महत्वपूर्ण योगदन पु¥याउँदै आएको छ ।
प्रतिक्रिया