नेप्सेमा ८.१४ अंकको गिरावट कुन कम्पनीको कति भयो कारोबार ?

बुधबार, १७ बैशाख २०८२, १५ : ३१

काठमाडौं- साताको चौथो कारोबार दिन नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३.८३ को विन्दुमा कायम भएको छ। 

यस दिन सेयर बजारमा ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड माथिको सेयर कारोबार भएको छ ।

सूचक घट्दा सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

यस्तै सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ५८ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५२ करोड ९९ लाख रुपैयाँ र सानिमा माइ हाइड्रोपावरको ५० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Capture.JPG1_-14

यस्तै यसदिन सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । सिनर्जी पावरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।


 

बुधबार, १७ बैशाख २०८२, १५ : ३१

प्रतिक्रिया