यस साता ३४.१९ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, २० बैशाख २०८२, १२ : १५

काठमाडौं- यस साता नेप्से परिसूचक ३४.१९ अंकले घटेर २६२३.८३ विन्दुमा पुगेको छ। गत साता २६५८.०२ विन्दुमा बन्द भएको नेप्से यो साता ३४.१९ अंकले घटेर २६२३.८३ विन्दु पुगेको हो ।

यस साता चारदिन कारोबार खुलेको थियो । साताको अन्तिम कारोबार दिन मजदुर दिवस परेकोले बजार बन्द भएको थियो । यस साता एक दिन मात्र नेप्से सूचक बढेको थियो । पहिलो कारोबार दिन नेप्से सामान्य बढ्यो । बाँकी तीन कारोबार दिन भने लगातार घटेर बन्द भएको थियो ।

यस साता औसतमा दैनिक ८ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार १० अर्ब ८७ लाख रुपैयाँ, सोमबार ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै, मंगलबार ७ अर्ब ५७ करोड रुपैयाँ र बुधबार ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो कारोबार दिन नेप्से ३.५८ अंकले बढेर २६६१.६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८७ लाख रुपैयाँको कारोबार भएको थियो  ।

साताको दोस्रो कारोबार दिन नेप्से १४.५३ अंकले घटेर २६४७.०७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको  ३२७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको थियो । 

साताको तेस्रो कारोबार दिन नेप्से १५.०८ अंकले घटेर २६३१.९८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको  ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से ८.१४ अंकले घटेर २६२३.८३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो । 


 

शनिबार, २० बैशाख २०८२, १२ : १५

प्रतिक्रिया