Voice of Nepal Season 6 को विजेता पाण्डेलाई  १ लाखको नगद पुरस्कार  प्रदान

आइतबार, २१ बैशाख २०८२, १७ : २०

काठमाडौं– Voice of Nepal Season 6 को ग्राण्ड फिनाले भव्यतापूर्वक सम्पन्न भएको छ । यस वर्षको उत्कृष्ट चार प्रतिस्पर्धी –रोशन राई, प्रोशेश पाण्डे, प्रमेश राई र अर्पणा आचार्य मध्ये प्रोशेष पाण्डेले विजेताको उपाधि जितेका छन् ।
यस सिजनको शीर्ष प्रायोजक  Closeup ले विजेता प्रोशेश रु १ लाखको नगद पुरस्कार  प्रदान ग¥यो । सो पुरस्कार  युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी  सचिब गोविन्द शाहीद्वारा प्रदान गरिएको थियो ।
 

Closeup ले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको छ । ताजगी र नजिकिने आत्मबल मार्फत् मानिसहरूलाई जोड्ने ब्रान्डको मान्यतासँग मेल खाने गरी, Closeup को यो साझेदारी केवल ब्रान्ड प्रबद्र्धन मात्र नभई युवा प्रतिभालाई अभिव्यक्तिका लागि प्रोत्साहित गर्ने उत्सव थियो ।

Closeup ले सधैं आत्म–अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक–अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ ।  Voice of Nepal जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,”  Closeup का प्रतिनिधिले बताए ।
सिजन ६ को समापनसँगै ऋयिकभगउ ले पुनः आफ्नो प्रतिबद्धता दोहो¥याएको छ — आत्मविश्वास, ताजगी र सँगसँगै रहने क्षणहरूलाई मनाउन तथा भविष्यका कलाकारलाई साथ दिन ।

 
 
आइतबार, २१ बैशाख २०८२, १७ : २०

प्रतिक्रिया