उद्योगी रामकुमार राठीलाई सरकारले गर्‍यो सम्मान, लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

सोमबार, २२ बैशाख २०८२, ११ : २७

काठमाडौं- विगत ६ दशक देखि चिया रोपण, प्रशोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी राम कुमार राठीलाइ सरकारले लाइफ टाइम अचिभमेन्ट आवर्ड प्रदान गरेको छ ।

उद्योगी राठीलाइ २९औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अवार्ड प्रदान गरेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्री एवं बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाइ दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

राठी नेपालका पहिलो टी टेस्ट (चिया परीक्षक) हुन् । उनले टेस्टिङप्लान्टेशन एंड म्यानुफ्याक्चारिङमा स्नातकोत्तर गरेका छन् । पच्चिस वर्षको उमेरमा चीन गएका बेला त्यहाँको टी टेस्टिंग हेरे पछि उनी यस क्षेत्रतर्फ आकर्षित भएका थिए । चीन बाट फर्के लगत्तै राठी इलाम टी गार्डेनमा पुगे त्यहाँ प्रबन्धकका रूपमा कार्यरत बेलायती नागरिक प्रोसरबाट चिया बारे आधारभूत ज्ञान लिए ।

सन् १९६८ देखि १९७० सम्म डीसी धोष एन्ड कम्पनी प्रालि  कलकत्ताको एक व्यापारिक प्रतिष्ठानमा टी टेस्ट तालिममा  लिएर अभ्यास गरी उनी नेपाल फर्किए । उनले १९७२ मा आरके ओभेरसिज कम्पनी स्थापना गरेर चियाको निर्यात गर्न थाले त्यत्ति बेला उनी इलामको चिया बजारीकरण  गर्न जर्मनी, डेनमार्क, स्विडेन, हल्याण्ड, बेलायत, फ्रान्स, स्विजरल्याण्ड, अस्ट्रिया, इजिप्ट,इरानसम्म पुगेका थिए त्यस पछि उनको निर्यात ब्यापारमा गुणात्मक वृद्धि हुन थाल्यो ।

वि.सं २०३३ सालमा हिमाल चिया उद्योग प्रालिको स्थापना भएको वि.सं २०४६ सालमा पहाडी भेगमा नेपाल अधिराज्य भरिमा निजी क्षेत्र बाट चिया उत्पादन गर्ने पहिलो कारखाना इलाम जिल्लाको मालुममा हिमालयन रेन्ज चिया उद्योग प्रालिको स्थापना गर्न सफल भएका उनले २०६३ मा झापाको हल्दीबारीमा सिटिसी चिया उत्पादन गर्न सुनकोसी चिया उद्योगको स्थापना २०७२ मा इलाम को शान्ति डाँडामा अर्ग्यानिक चिया उत्पादन गर्ने हिमालयन भ्याली प्रालि उद्योगको स्थापना गरे ।

हाल उनले “राकुरा” ब्रान्डमा सिटिसी र अर्ग्यानिक चिया उत्पादन, निर्यात गर्दै आएका छन् ।

सोमबार, २२ बैशाख २०८२, ११ : २७

प्रतिक्रिया