काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ को विन्दुमा कायम भएको छ ।
यसदिन ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड बराबरको सेयर कारोबार भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा पनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स र सिटिजन सुपर ३० म्युचुअल फण्डको सेयरमा सकरात्मक सर्किट लाएको छ । क्रेष्ट माइक्रो र लाइफ ओम मेगाश्रीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ७६ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५५ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भयो भने सानिमा माई हाइड्रोपावरको ४८ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।
प्रतिक्रिया