काठमाडौं- नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज सोमबार नेपाल हाइड्रो डेभलपर्स र आरएसडीसी लघुवित्तको बोनस सेयर सूचिकृत भएको हो ।
नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशत बोनस सेयर वापत २८७५५३.०८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, आरएसडीसी लघुवित्तको ९.५० प्रतिशत बोनस सेयर वापत ८९७१३३.५२ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
सूचिकृत भएका दुवै कम्पनीको सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया