प्रि ओपन सेसनमा २.३४ अंकले बढ्यो नेप्से

बुधबार, २४ बैशाख २०८२, ११ : ०५

काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से सूचक २.३४ अंकले बढेको छ । यससँगै सेसन अवधिमा सूचक २६१३.७८ अंकमा आएको छ ।

यसदिन सेसन अवधिभर ४९ कम्पनीको ४५ हजार १ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा २ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

बुधबार, २४ बैशाख २०८२, ११ : ०५

प्रतिक्रिया