काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ।
आज वैशाख २४ गतेबाट १ लाख ३३ हजार ३०२ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरमध्ये ४ हजार ३० कित्ताको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ र बाँकी सेयरको ५३० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम २५० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
बोलपत्र मोरङको कटहरीस्थित संस्थाको केन्द्रीय कार्यालय वा धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको काठमाडौंको बालुवाटारस्थित कार्यालयमा पेस गर्न सकिनेछ।
बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ ७ गते अपराह्न ३ बजेसम्म रहेको छ।
प्रतिक्रिया