काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार नेप्से सूचक ६१.२६ अंकले बढेर २६७२.७ को विन्दुमा कायम भएको छ ।
यसदिन २२७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै सानिमा माई हाइड्रोको ५९ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५४ करोड ७९ लाख रुपैयाँ र राधि विद्युत कम्पनीको ४३ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुटवल पावर कम्पनी र ओम मेगाश्रीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
प्रतिक्रिया