भ्वाइस अफ नेपालका रोशन राईको ‘नछुटिने मन’ सार्वजनिक (भिडियो)

विहीबार, २५ बैशाख २०८२, १० : ०६

काठमाडौं- द भ्वाइस अफ नेपाल सिजन ६ का फस्टरनरअप रोशन राईको नयाँ गीत‘नछुटिने मन’ सार्वजनिक भएको छ। शान्ता राइको शब्दरचना र स्वर्गीय बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।

योगेन मुकारुङको मिक्सिङ,मास्टरिंङ्ग रहेको गीतलाइ आपोमाली ( AA-POMALEE) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । लोकप्रिय गायिका मेलिना राइको स्वरमा यस गीतको फिमेल भर्सन समेत केही दिन अगाडि आइसकेको छ ।

भ्वाइस अफ नेपाल सिजन ४ मा टीम राजेशका एडभाइजर समेत रहेका स्वर्गीय बिक्रम राइको संगीत र भ्वाइस अफ नेपालका सिजन ६ का फस्टरनरअप रोशन राईको स्वरमा आबद्ध यस गीतलाई स्रोताहरुले मन पराइदिनेमा आफू विश्वस्त रहेको गीतकार शान्ता राइले बताइन्।
 

 

विहीबार, २५ बैशाख २०८२, १० : ०६

प्रतिक्रिया