काठमाडौं- साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १२.६० अंकले घटेर २६६१.०८ को विन्दुमा कायम भएको छ ।
यसदिन ९६ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ३१५ कम्पनीको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै ङादी ग्रुप पावरको ७८ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै सानिमा माई हाइड्रोपावरको ६५ करोड ४९ लाख रुपैयाँ र युनिभर्सल पावरको ५७ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोपावर र ओम मेगाश्रीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
यसदिन सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया