काठमाडौं- यस साता नेप्से परिसूचक ३७.८१ अंकले बढेर २६६१.६४ विन्दुमा पुगेको छ। गत साता २६२३.८३ विन्दुमा बन्द भएको नेप्से यो साता ३७.८१अंकले बढेर २६६१.६४ विन्दु पुगेको हो ।
यस साता पाँच दिन सेयर कारोबार भयो। जसमध्ये तीन कारोबार दिन बजारमा गिरावट आयो भने दुई दिन बजार उकालो लाग्यो। सबैभन्दा धेरै बुधबार गभर्नर नियुक्तिको चर्चा चुलिँदा नेप्से सूचक एकै दिन ६२.२५ अंकले उकालो लागेको थियो। राजनैतिक अन्योलताका कारण अन्तिम दिन नेप्से घटेपनि कारोबार रकम भने सो दिन सबैभन्दा बढी रहेको थियो ।
यस साता औसतमा दैनिक ९ अर्ब ५५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार ९ अर्ब २४ करोड रुपैयाँ, सोमबार ७ अर्ब ६३ करोड, मंगलबार ८ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै बुधबार१० अर्ब ५१ हजार र बिहीबार ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो कारोबार दिन नेप्से ३.४४ अंकले घटेर २६२०.३९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से ९.६२ अंकले घटेर २६१०.७६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से १.०३ अंकले बढेर २६११.४३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से ६१.२६ अंकले बढेर २६७२.७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से १२.०४ अंकले घटेर २६६१.६४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताभर १२ करोड ६६ लाख कित्ता सेयर किनबेच हुँदा ४७ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस साता बजार पूँजीकरण ६५ अर्बले बढेर ४४ खर्ब २७ अर्बमा पुगेको छ।
प्रतिक्रिया