काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा यी दुई कम्पनीको कुल ८३ लाख ५ हजार ६८१.३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
जसमा नेपाल लाइफको १० प्रतिशत अर्थात ८२ लाख ७ हजार ९६६.५५ कित्ता र आत्मनिर्भर लघुवित्तको १४।२५ प्रतिशत अर्थात ९७ हजार ७१४.८१ कित्ता रहेका छ ।
नेप्सेमा सूचीकृत भएसँगै अब कारोबार खुल्ने दिनदेखि यी दुवै कम्पनीका बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।
प्रतिक्रिया