एसियन लाइफ इन्स्योरेन्सले सेबोनबाट पायो हकप्रद सेयर निष्कासनको अनुमति

शनिबार, २७ बैशाख २०८२, १२ : ११

काठमाडौं- नेपाल धितोपत्र बोर्डले एसियन लाइफ इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले शुक्रबार एसियन लाइफलाई हाल कायम चुक्तापुँजीको १ः०.४२ अनुपातमा अर्थात ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो।

अब एसियन लाइफले आफ्ना सेयरधनीहरुलाई १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।

हाल ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपैयाँ रहेको हकप्रद कम्पनीको चुक्तापुँजी सेयर बिक्रीपछि ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपैयाँ पुग्नेछ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

शनिबार, २७ बैशाख २०८२, १२ : ११

प्रतिक्रिया