हिमालयन हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय

आइतबार, २८ बैशाख २०८२, १२ : १७

काठमाडौं— हिमालयन हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनीको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि आवश्यक नियामक स्वीकृतिको प्रक्रिया सुरु गरिसकेको छ। यसैअनुसार विद्युत नियमन आयोगमा पूर्वस्वीकृतिका लागि आवेदन दिइनेछ।

कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गर्न कर्जा भार घटाउनु आवश्यक भएकाले बैंक कर्जा चुक्ता गर्न हकप्रद सेयर निष्कासन गर्न लागिएको जनाएको छ।

आइतबार, २८ बैशाख २०८२, १२ : १७

प्रतिक्रिया