नेप्सेमा ११.५३ अंकको गिरावट, कुन कम्पनीको कारोबार कति ?

आइतबार, २८ बैशाख २०८२, १५ : २६

काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ११.५३ अंकले घटेर २६५०.११ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा कारोबार भएका ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको भने घटेको छ । यसदिन ३०० कम्पनीको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब २० करोड माथिको सेयर कारोबार भएको छ । 

सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ६६ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६० करोड ६८ लाख रुपैयाँ र युनिभर्सल पावरको ५४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिमालयन हाइड्रोपावर र जोशी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाउदन ओम मेगा श्रीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

सिन्धु विकास बैंकका लगानीकर्ताले आज ७.४५ प्रतिशतका दरले गुमाएका छन् ।

आइतबार, २८ बैशाख २०८२, १५ : २६

प्रतिक्रिया